परिक्षा संचालन भैरहेको कक्षामा जन प्रतिनिधिको फोटो सेसन
शिक्षाखबर डेस्क
२६ चैत्र २०७५, मंगलवार
no immg

दीपक शर्मा
चैत्र २६ गते
परिक्षा चलिरहेको हलमा अनुगमनका नाममा बर्दियामा परिक्षार्थिलाई मानिसिक दवावको सामाना गर्नु परेको परिक्षार्थिहरुले बताएका छन ।
बर्दियामा सान्तिपुर्ण रुपमा सम्पन्न भएको एसइईको परिक्षामा कर्मचारी प्रहरी र जनप्रतिनिधि अनुगमनको नाममा एकै चोटि एउटै हलमा ग्रुप बनाएर हल भित्र प्रबेश गरेका कारण परिक्षार्थिहरुले मानिसिक दवावको सामाना गर्नु परेको परिक्षार्थिहरुले बताएका हुन ।
परिक्षा चलिरहेको हल भित्र हुलका हुल मानिस प्रबेस गरे सगै परिक्षा दिइरहेका परिक्षार्थिहरु एक छिन के हो भन्दै आत्तिने गरेको परिक्षार्थि सुमन पान्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी ,जनप्रतिनिधि , कर्मचारी प्रहरी प्रमुख लगायतको टोली परिक्षा कसरी संचालन भैरहेको छ भन्दै अनुगमन गर्ने नाममा यसरी परिक्षा हल भित्र प्रबेश गरेका पाइएको हो , त्यति मात्र होइन परिक्षा हल भित्र जनप्रतिनिधि तथा कर्मचारीले आफनो सेल्फिफोटो समेत क्लिक क्लिक गर्न भ्याएका छन । यसले परिक्षार्थिहरु माथि कस्तो असर पार्छ भन्ने कुरा न प्रमुख जिल्ला अधिकारीलाई थाहा छ नत जनप्रतिनिधि न कर्मचारी न प्रहरी , परिक्षा चलिरहेको हलमा हुलका हुल मानिस प्रवेश गर्ने अनि ति मानिसहरुले कपिको नजिकै जाने के लेखेको भन्ने सेल्फि हान्ने लगायतका हर्कतका कारण परिक्षार्थि तनावमा परेका हुन ।
प्रमखु जिल्ला अधिकारी रामबहादुर कुरुवाङले परिक्षार्थिले चिट चोरे ठाउको ठाउ कार्वाहि गर्ने भनेर परिक्षार्थिलाई डर देखाए तर अनुगमनका नाममा भएको यो कार्यको विषयमा कहि कतै केहि वोलेको पाइदैन ।
जन प्रतिनिधि नगर पालिका तथा गाउ पालिकाकाका कर्मचारी धुलो उडाउदै परिक्षा संचालन भैरहको कक्षा कोठाको बाहिर गाडि रोकि एकैचोटि एउटै कक्षामा प्रबेश गरेको देखिएको यस विषयमा छलफल भएपछि पछि कमि आएको शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाका प्रमुख दण्डपाणि शर्माको भनाई छ ।
बर्दियाका ८ वटै स्थानिय तहका नगर प्रमुख,उप प्रमुख कर्मचारीको काम परिक्षा चलिरहेको बेला अनुगमन मै वित्यो । ८ वटै स्थानिय तह मध्ये सवैभन्दा वढि तनाव वासगढि नगरपालिका क्ष्ँेत्रका परिक्षार्थिले भोग्नु परेको थियो ,कारण पुर्व पश्चिम राजमार्ग भिआईपिहरुको ओहोर दोहोर भैरहने बेला कहिले संघिय सांसद कहिले प्रदेश सांसद , प्रदेश मन्त्री त कहिले नेताको रहरको अनुगमले विद्यार्थिमा नकारात्मक असर परेको बताइन्छ । यस्तै राजापुर नगरपालिका , ठाकुरवावा नगरपालिका, मधुवन नगरपालिका ,बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकामा पनि यहि अवस्था रहेको थियो । गुलरिया नगरपालिकाका युवा तथा नगर शिक्षा शाखाका प्रमुख सतिस यादवले अनुगमनका नाममा केहि स्थानमा हुलका हुल अनुगमन कर्ता एउटै कक्षा एउटै विद्यालयमा गएको स्वीकार गर्नु भयो । जिल्लाका अन्य बढैयाताल गाउपालिका र गेरुवा गाउ पालिकामा पनि हालत त्यस्तै हो यी गाउपालिकामा जनप्रतिनिधिले आफना नजिकका सहयोगी सल्लाहाकार लगायतका लाई पनि लियर गएका थिए । परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुले पनि कहि कतै प्रतिवाद गरेको देखिदैन , नाम नखुलाउने सर्तमा एक केन्द्राध्यक्षले जन प्रतिनिधिले आफुलाई सर्वेसर्वा ठानेपनि कहि कतै वोल्ने ठाउ नभएको बताए ।
परिक्षा चलिरहेका बेला यसरी हुलका हुल अनुगमन पहिलो दिन पछि दिन प्रतिदिन वढदै गएको देखिएको हो । परिक्षा चलिरहेका बेला यसरी अनुगमनका नाममा परिक्षार्थिलाई नै असर पर्ने गरी , जन प्रतिनिधिको फोटो खिच्ने मोह , परिक्षार्थिको कपिमा के लेखेको भन्दै हेर्ने लगायतका हर्कतले के संदेश दिन खोजेको हो यसै भन्न सकिएको छैन ।

जनप्रतिनिधि र कर्मचारीको परिक्षा संचालन भैरहेको बेला अनुगमनका फोटो हेरौ …..

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया