ब्रेकिङ्ग समाचार

सार्बजनिक बिद्यालयमा बिद्यार्थी प्रवेश निषेध गर्दै – प्रवेश परिक्षा , बिद्यार्थी संगठनहरु आन्दोलित

शिक्षाखबर संवाददाता

१६ बैशाख २०७६, सोमबार

बाके – बाकेको कोहलपुर नगरपालिका-१० स्थित त्रिभुवन माध्यमिक बिद्यालयले प्रवेश परिक्षा गराई भर्ना हुन आएका बिद्यार्थीलाइ फेल गराई बिद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै सार्बजनिक बिद्यालयमा पनि बिद्यार्थी प्रवेश निषेध गरेको आरोप लगाउदै बाकेमा क्रियाशील बिद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।
प्रचण्ड निकट अखिल क्रान्तिकारीका क्षेत्र न. १ इन्चार्ज राजेन्द्र बिस्ट,विप्लब निकट अखिल क्रान्तिकारीका जिल्ला सचिब डी.बि शाही, अनेरास्ववियु क्षेत्र न. १ अध्यक्ष सुमन घिमिरे , नेबिसंघका कोहलपुर नगर संयोजक बिबेक शाही, नया शक्ति युनियनका प्रतिनिधि संगम पोखरेल र रा.प्र.पा.बि.स (सयुक्त) का प्रतिनिधि गणेश रेग्मी द्वारा हस्ताक्षरित सयुक्त प्रस बिज्ञप्तिमा नया शैक्षिक सत्रमा भर्ना हुन आएका बिद्यार्थीलाइ प्रवेश परीक्षाको नाममा फेल गराई बिद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गराएको प्रति घोर भत्सना गर्दै भर्ना हुन आएका एवम प्रबेश परिक्षामा सहभागी सम्पूर्ण बिद्यार्थीलाइ भर्ना गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

बिध्यार्थिलाई सार्बजनिक बिद्यालयमा अध्ययन गर्न रोक लगाई बाध्यता बश निजि बिद्यालय पठाउने खेलको नेतृत्त्व सार्बजनिक बिध्यालयकै ठेकेदारहरुले गरिरहेको आरोप लगाउदै क्रान्तिकारी बाकेका नेता राजेन्द्र बिस्ट भन्छन – ‘सार्बजनिक बिद्यालयमा पनि विभिन्न बहानामा बिद्यार्थी प्रवेश रोक लगाउने अधिकार विद्यालयले कहाँबाट पायो , संविधानले पनि शिक्षालाइ नैसर्गिक अधिकारको रुपमा सुरक्षित गरि सकेको नेपालमा नि:शुल्क र आनिवार्य माध्यमिक शिक्षा बिरुद्द सार्बजनिक बिद्यालयहरु पनि लागिरहेका छन् ।’

त्यस्तै, देश ब्यापी रुपमा सार्बजनिक बिद्यालय प्रतिको आकर्षणलाइ बढावा दिनुपर्ने स्थानमा प्रवेश परीक्षाको नाममा भर्ना रोक लगाउने प्रबृत्तिले अन्ततः शैक्षिक माफियाहरुकै योजनालाइ टेवा पुग्ने भएकोले यस्ता गैर सबैधानिक बिषय प्रति समयमै सरकारको ध्यान पुग्नु आवश्यक रहेको, अनेरास्ववियु बाकेका नेता सुमन घिमिरे बताउछन ।