जनता मा.वि.मा एक शिक्षकलाई स्वागत तथा एक शिक्षकको विदाई
शिक्षाखबर डेस्क
१६ जेष्ठ २०७६, बिहीबार
no immg

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंम्बर ९ बैजनाथपुर स्थित जनता माध्यामिक विद्यालयमा आज एक जना शिक्षकलाई स्वागत तथा एक जना शिक्षकलाई विदाई गरिएको छ ।

डोटीबाट सरुवा भई आउनुभएका शिक्षक भम बहादुर डाँगीलाई स्वागत गरिएको हो । भने बिद्यालयबाट सरुवा भई कोहलपुर नगरपालिका–१३ सिमरीमा सरुवा भई जानुभएका शिक्षक डिल बहादुर खत्रीलाई बिदाई गरिएको छ ।

खत्रीलाई जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलले खादा लगाएर मायाको चिनो प्रदान गर्दै विदाई गरेका हुन । त्यस्तै डाँगीलाई फुलमाला तथा टिका लगाएर स्वागत गरिएको छ ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बरं ९ का कार्यपालिका सदस्य मिना विष्टले विद्यालयको शैक्षिक विकासमा अमुल्य योगदान दिएको भन्दै शिक्षक खत्रीलाई धन्यवाद दिनुभयो ।

भने सरुवा भई आउनुभएका शिक्षक डाँगीले आफ्नो गाउँ ठाउँको विद्यालयको शैक्षिक विकासमा बिशेष योगदान पु¥याउनु पर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्रसिह के.सीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार दल बहादुर खड्का, शिक्षा समिति सदस्य लाल कुमारी डाँगी, झिझरी बागेसाल सिंचाई आयोजनाका अध्यक्ष डम्बर शाही, विद्यालयका सल्लाहकार चन्द्र बहादुर थारु, विर बहादुर वली लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर