पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
शिक्षाखबर डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार
no immg

चितवन : नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ । नेता पौडेलका सहयोगी रहेका ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा सातबजे माडी बघौडा अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका हुन्।‘उहाँ घर बनाउने क्रममा हुनुहुन्छ। बिहान उठेर आगनमा सामान्य काम गर्दा बोहोस भएर लड्नु भएछ। साथमा रहेका दुईजना साथीहरुले पाँचसय मिटर परेको बघौडा अस्पताल दौडाउनु भयो। चिकित्सकहरुले सवा सातमा उहाँको निधन भएको घोषणा गरे’ पाण्डेले भने।

५३ वर्षीय पौडेल हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए । दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद हुँदै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए । पौडेलका दुई छोरी छन् । श्रीमती गंगा वेल्वासे पनि राजनीतिमै छिन ।
दाहसंस्कारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठ पनि आउने बताइएको छ ।

प्रतिक्रिया