तत्काल स्याटेलाइट खरिद सम्झौता नहुने
शिक्षाखबर डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार
no immg

पेरिस / विवादास्पद फ्रान्सेली कम्पनी थेल्स ग्रुपसँग गर्ने भनिएको स्याटेलाइट खरिद सम्झौता तत्कालका लागि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका बेला उक्त सम्झौता गर्ने तयारी थियो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल सम्झौता नहुने कान्तिपुरलाई बताए । ‘हामी अध्ययन गरेर मुलुकको हितमा हुने काम गर्छौं,’ मन्त्री ज्ञवालीले भने, ‘अनेक कम्पनीका स्वार्थको लडाइँमा किन मिडिया लाग्छन् ?’

भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको उक्त ग्रुप अरू पनि विवादमा मुछिएको समाचार यसअघि सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले बिहीबार पेरिसमा व्यवसायीसितको भेटमा नेपालमा लगानी गर्न आग्रह गरे ।

संविधान निर्माण, स्थिर सरकार र लगानीमैत्री वातावरण भएकाले नेपाल लगानीको उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘जडीबुटी, पर्यटन, यातायातको क्षेत्रमा लगानी गर्नुहोस् ।’

प्रतिक्रिया
सम्बन्धित खबर