चितवन / भरतपुरका वरिष्ठ मुत्ररोग विशेषज्ञ डा.सुदिपराज केसी सह-प्राध्यापक पदमा बढुवा भएका छन् ।
काठमाडौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उनी चितवन जिल्लाकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बनेका हुन् । युरोलोजीमा एमसीएच गरेको दुई वर्षपछि डा. केसीलाई उपप्रध्यापकबाट सह–प्राध्यापकमा बढुवा गरिएको हो । डा. केसीले युरोलोजी विषयमा एमएस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर पढाउन पाउँछन् ।