कोरोना शंकास्पदको ६बुँदे परीक्षण मापदण्ड तयार
शिक्षाखबर डेस्क
१५ चैत्र २०७६, शनिबार
no immg

काठमाडौं / सरकारले कोरोना शंकास्पदको परीक्षणका लागि ६बुँदे मापदण्ड बनाएको छ । जथाभावी पिपिई माग भएको भन्दै स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएको हो । नमुना लिने व्यक्तिले एन ९५ मास्क, चस्मा, पन्जा, गाउन र क्याप लगाउनुपर्नेछ । ज्वरो आएका बिरामी जाँच्दा सर्जिकल मास्क, चस्मा, पन्जा, पानी छेक्ने गाउन र क्याप लगाउनुपर्नेछ । स्क्रिनिङ टेस्ट गर्दा एक मिटरभन्दा नजिक भए मात्रै मास्क लगाउने नत्र आवश्यक नहुने मापदण्ड बनाइएको छ । एम्बुलेन्सचालकले सर्जिकल मास्क र पन्जा लगाउनुपर्नेछ । प्रयोगशालामा परीक्षण कार्यमा संलग्न हुनेहरूले सर्जिकल मास्क, चस्मा, पन्जा, गाउन र क्याप प्रयोग गर्नुपर्नेछ । कोरोना प्रभावित अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीले कुनै पनि प्रकारको पिपिई लगाउनुपर्ने छैन ।

फोटो – सांकेतिक

प्रतिक्रिया