कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो : एकै दिन इटलीमा ७६६ र युकेमा ६८४ को मृत्यु
शिक्षाखबर डेस्क
२२ चैत्र २०७६, शनिबार
no immg

विदेश / कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६ सय ३ जनालाई निको भएको छ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ जना संक्रमित छन्।

त्यस्तै युकेमा एकै दिन ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६ सय ५ जनाले ज्यान गुमाइसकेका छन्। युकेमा ३४ हजार ४ सय २८ जना संक्रमित छन्।

त्यसैगरि स्पेनमा पनि एकै दिन ५ सय ८७ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा १० हजार ९ सय ३५ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा ७६ हजार २ सय ६२ जना संक्रमित छन्।

अमेरिकामा पनि एकै दिन ५ सय १२ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ६ हजार ५ सय ६२ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ २ लाख ३९ हजार ८ सय ६७ जना संक्रमित छन्।

प्रतिक्रिया