काठमाडौं / थप पाँच जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार संक्रमित हुनेहरु सर्लाही धन्कौल नगरपालिकाका १ जना, धनुषा, जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका एक एक जना, महोत्तरी जलेश्वर र बलवाका एक एक जना गरी ५ जना छन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। यो सँगै २५० जनामा कोरोना पुष्टि भएको छ।