भदौ २, चितवन । चितवनको भरतपुर–१० मा रहेको भरतपुर सेन्ट्रल हस्पिलटका तीन जना स्टाफ नर्ससहित पाँच जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा तीन जना स्टाफ नर्स र दुई जना सफाई कर्मचारीमा कोरोनास संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
आफ्ना संक्रमित कर्मचारीको कसरि ब्यबस्थापन गर्ने भन्ने सम्बन्धमा छलफलपछि जानकारि दिने अस्पताल प्रशासनले शिक्षा खबरलाई जनाएको छ ।