चितवन अपडेट : ५ सय ५६ जनाको परिक्षणमा १ जना संक्रमित
शिक्षाखबर डेस्क
४ भाद्र २०७७, बिहीबार
no immg


भरतपुर,चितवन । पछिल्लो केहि दिनमा ह्वात्तै बडेको  कोकोना संक्रमितको संख्या एकाएक १ मा झरेको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार रारि अबेर सम्म गरिएको ५ सय ५६ जनाको परिक्षणमा एक जनामा  संक्रमण देखिएको र  ५ सय ५५ जना को  निगेटिभ आएको आएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेमा भरतपुर ७ का ३३ वर्षिय पुरुष हुन् जो  होम क्वारेन्टीनमै थिय । एक जना थपिएसँगै  चितवनमा अहिले सम्म कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।

चितवनको सदरमुकाम भरतपुरमा पछिल्ला दिनहरुमा  चिकित्सक, स्वास्थ्यकर्मीनै उच्च दरमा  संक्रमित हुन थालेपछि यहाँ रहेका सरकारी तथा निजि स्वास्थ्य संस्थाको सेवा प्रभावित बन्दै गएको छ। स्वास्थकर्मिहरु नै संक्रमित हुन थालेसि अवस्था थप जटिल हुने देखिएको छ । 

प्रतिक्रिया