आयुर्वेद पढेकालाई नर्सिङ काउन्सिलको लाइसेन्स, न्याय माग्न पुगेका नर्सलाई कारबाही गर्ने धम्की
शिक्षाखबर डेस्क
१० आश्विन २०७७, शनिबार
no immg

काठमाडौं / नेपाल नर्सिङ काउन्सिलले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको व्यक्तिलाई लाइसेन्स वितरण गरेको खुलेको छ । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई रजिस्टार विन्दा घिमिरेले बिरामीको उपचार गर्न योग्य भनी दर्ता प्रमाणपत्र दिएको पाइएको छ ।

डडेल्धुराकी माया पन्तलाई नेपाल नर्सिङ काउन्सिलकी रजिस्टारले दर्ता प्रमाणपत्र दिएको खुलेको हो । पन्त नर्सिङ विद्यामा आवद्ध व्यक्ति हैनन् ।

नेपाल नर्सिङ काउन्सिलकी रजिस्टार विन्दा घिमिरेको गलत नियतले माया पन्त समस्यामा परेकी छन् । डडेल्धुरा पारामेडिकल क्याम्पसमा सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी (ए.ए.एच.डब्लु) को १५ महिने अध्ययन सकेकी उनलाई रजिस्टार घिमिरेले अनमीको पदमा दर्ता गराएकी छन् ।

आयुर्वेद अध्ययन गर्नेहरुको लाइसेन्स नरदेवी आयुर्वद काउन्सिलमा दर्ता हुन्छ । नर्सिङ संघमा पन्तको दर्ता नम्बर ४४७१९ रहेको छ ।

माया पन्तले आफु पीडित भएको बताएकी छन् । ‘किन र कुन उदेश्यले रजिस्टारले मलाई नर्सिङको लाइसेन्स दिनुभयो आफै अनुत्तरीत भएको छु’ उनले भनीन् । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई लाइसेन्सको प्रमाणपत्र उपलब्ध गराउने रजिस्टार घिमिरेले अख्तियारको दुरुपयोग गरेको काउन्सिलका अधिकारीहरु बताउँछन् ।

प्रदेश सरकारले आयुर्वेदका लागि लोकसेवा खुलाएको छ, पन्तले भनिन् ‘रजिस्टारले गरेको गल्तिले मैले त्यहा सहभागी हुन नपाउँने अवस्था आएको छ ।’ आफुले रजिस्टार घिमिरेलाई फोन सम्पर्क गरेर बताउँदा उनले सच्याउने भन्दा पनि बाहिर हल्ला नगर्न भनेको गुनासो गरिन ।

‘आगामी १४ गते मेरो परीक्षा छ तर, लाइसेन्स नर्सिङको छ ।’ एक हप्ताभित्र नसच्याए कानुनी बाटो खोज्ने पन्तले बताइन् । यस विषयमा रजिस्टार घिमिरेसँग बुझ्न पटक पटक फोन गर्दा सम्पर्कमा आइनन् । उनले पीडितलाई काउन्सिलले दिएको प्रमाणपत्र कसैलाई नदेखाउन दिनहुँ फोन गर्दै आएकी छन् ।

न्याय माग्न पुगेका नर्सलाई कारबाही गर्ने धम्की
महामारीमा २४ घण्टा सम्म सेवामा खटिएका नर्सले अन्यायमा परेको भन्दै न्याय माग्न नेपाल नर्सिङ संघमा पुग्दा पदाधिकारीले शुक्रबार जिम्मेवार बिहीन अभिव्यक्ति दिएका छन् । देशभरका नर्सहरुको रोजगारी खोसिएका बेला पिडित नर्सहरु न्यायको लागि दिनहु नर्सिङ संघ गएका छन् ।

नेपालमा दर्ता भएका ९५ हजार नर्सको छाता संगठन नेपाल नर्सिङ संघ हो । आफ्ना सदस्यहरुलाई परेको समस्या समाधान गर्न पटक पटक आवाज उठाउँन आग्रह गर्दा पनि मौन बसेपछि पिडित नर्सहरुले संघमै गएर विरोध गरेका छन् ।

नर्सहरुले न्याय माग्दा संघले उल्टै नर्समाथी कारबाहीको धम्की दिएको छ । विभिन्न अस्पतालहरुले कम्तिमा पनि दुई सयको संख्यामा नर्सलाई रोजगारीबाट निकालेका छन् । नर्सहरुकै आन्दोलनले १५० बढि नर्सले पुनर्नियुक्ती पाएका छन् ।

संघकी अध्यक्ष मनकुमारी राईले पदाधिकारीमाथी गाली गलौज गरेको भन्दै न्याय माग्ने नर्सलाई कानुनी कारबाही गर्ने सम्मको धम्कि दिएको पाइएको छ । ‘उनले भनेकी छन्, चुनावमा हारेका नर्सहरुले अहिले बिरोध गरिरहेका छन् । पदाधिकारी माथि बिभिन्न आरोप लगाएका छन् यसले संघको ध्यानाकर्षण भएको छ ।’

आन्दोलनको संयोजन गरेकी नर्स ज्योती रानाभाट सहितका नर्सलाई लक्षित गरी संघले अब पनि पदाधिकारीमाथी आरोप आए कानुनी उपचार खोज्ने राईले बताइन् । तर, आन्दोलनको संयोजन गरेकी नर्स रानाभाटले भने संघले दिएको एक हप्ताको समय अवधि कुरेर बसेको बताइन् ।

संघेल राष्ट्रिय ट्रमा सेन्टरमा असोज ६ गते जीता बरालले लफडा गरेको विषयमा आफ्नो नाम जोडेकोमा आपत्ती जनाएकी छन् । बरालले अचानक मानसीक सुन्तुलन गुमाउँन पुग्दा ट्रमा सेन्टरका चिकित्सक नर्सहरुमाथी दुव्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । डा केसीको समर्थन गर्न बराट सेन्टर पुगेकी थिइन् ।

उक्त घटनामा संघले रानाभाटलाई समेत दोष लगाएको छ । तर, रानाभाटले भने आफुले बराललाई पुर्याउन मात्रै गएको र भिडियो नखिच्न आग्रह गरेको बताइन् । ट्रमा सेन्टर तोडफोड र झगडामा सुनियोजीत रुपमा मेरो नाम जोडिएको छ उनले भनिन् यसको कानुनी उपचार खोज्ने छु ।’ न्यायको लडाइमा लागेका नर्सहरुलाई शक्ता पक्षिय नर्सले कमजोर बनाउँन बिभिन्न कोणबाट आक्षेप लगाउने र आन्दोलन तुहाउने काम संघबाट हुन थालेको नर्सिङ क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया