कोदो टिप्ने चटारो ,कोदो फुल्यो बारीमै लरीलै..
शिक्षाखबर डेस्क
१० आश्विन २०७७, शनिबार
no immg

मुगु / मुठी छरेर मुरी उब्जाउने किसानलाई यत्तिबेला चैत्र महिनामा रोपेको कोदो भित्र्याउने चटारो छ। जिल्लाभर मुख्य बालिका रुपमा किसानले चैत्र र वैशाख महिनामा कोदो र धान रोप्ने गर्छन्।

अहिले कोदो र भुवा धान काटेर घर भित्राउने चटारो छ। यो वर्ष कोदोलाई आवश्यक पर्ने पानी परेका कारण कोदो लगायत अन्नबाली उत्पादन राम्रो भएको छ।

कोदो राम्रै उत्पादन हुने भएकाले किसान हर्षित भएको छाँयानाथ रारा नगरपालिका-४ कृषक भिमबहादुर रोकाया बताउछन्। जिल्लाका चारै स्थानीय तहको मुख्य अन्नबाली कोदो र धान हो। खेतबारीबाट उब्जनी भएको बालीले किसान वर्षभर घरपरिवारको छाक टार्ने गर्छन्।

मुगु जिल्लाको कुल खेतीयोग्य जमिनको ४० प्रतिशत कोदो उत्पादन हुन्छ। ३० प्रतिशत धान र ३० प्रतिशत अन्य अन्न बालिको खेती हुने गरेको कृषि कार्यालयका प्रमुख पञ्चलाल बुढाले जानकारी दिए।

कोदोलाई आवश्यक पर्ने पानी परेकाले गत वर्ष भन्दा यो वर्ष जिल्लाभर कोदो, भुवा धान र असारे धानको राम्रो उत्पादन हुने कृषि कार्यालयका प्रमुख बुढाको भनाइ छ। कोदो टिपेसँगै किसानले त्यसको घाँस भने राखेर वर्षभर वस्तुभाउलाई खुवाउने गर्दछन्।

प्रतिक्रिया