सिटीइभिटि को भर्ना आबेदनका निमित्त थपियो पुन; दश दिन
शिक्षाखबर डेस्क
१५ आश्विन २०७७, बिहीबार
no immg

काठमाण्डौ / प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद द्वारा शैक्षिक सत्र २०७७ /७८ का लागि भर्ना आबेदनका निमित्त पुन; दश दिन थप गरेको छ ।

परिषदको परिक्षा नियन्त्रण कार्यालयद्वारा आफ्ना आंगिक,साझेदारी तथा निजि स्तरका सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा डिप्लोमा / प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरुमा २०७७/०५/२६ गतेका दिन भर्ना आबेदनका निमित्त प्रकासित २० दिने अन्तिम म्याद सहितको सूचनालाई कोभिड-१९ को महामारी एवम लकडाउनले निम्ताएको कठिनाइ दर्शाई पुन १० दिनको म्याद थाप गरि २०७७/०६/२५ गते सम्म आबेदन दिन पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया