काठमाडौँ / सरकारले सामन्य प्रशासन मन्त्रालयको प्रस्तावमा रिक्त दरबन्दी पदपूर्ति गर्न लोकसेवा आयोगबाट विज्ञानप आह्वान भएर परीक्षा सञ्चालन हुन बाँकी र पदपूर्तिका लागि विज्ञापन गर्न बाँकी रहेका परीक्षाहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवाका नियमित विज्ञापन सम्बन्धिका सम्पूर्ण पदपूर्तिका विज्ञापन खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिइने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
यस्तै बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजक्तवमा १२ सदस्सीय नेपाल बंगलादेश व्यापर वार्ता टोली गठन छ । अक्टोबर ६ र ७ गते दुई मुलुकबीच भर्चुअल माध्यबाट व्यापार वार्ता हुँदैछ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केही वस्तुहरुमा करका दर तथा अन्त शूल्कका दरहरु घटाउने निर्णय पनि गरेको मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा बताए ।
बैठकले एसिड आक्रमण सम्बन्धी अपराधलाई थप दण्डित गर्न प्रमुख जिल्ला अधिकारीलाई थप अधिकार प्रदन गरेको छ । एसिड पीडितहरुको नाम देखाएर सहयोग उठाउने काम गैरकानूनी भएको र त्यसको नियमन गर्नका लागि प्रजिअलाई कारबाही गर्ने अधिकार दिइएको मन्त्री ज्ञवालीले बताए ।
शिक्षा मन्त्रालयको प्रस्तावमा मदन भण्डारी प्रगौद्यिक विश्वविद्यालय सम्बन्धि विधेयक तर्जुमा गर्न पनि मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको छ ।
बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनमा स्वीकृत गर्दै परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । यस्तै पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत, राजीनामा दिएका मुख्यसचिव रेग्मीलाई बेलायतका लागि र दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मालाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।