फिचर

लकडाउन अवधीको शुल्क मिनाह गर्न अखिल(क्रान्तिकारी) भरतपुर महानगर कमिटीको माग

शिक्षाखबर संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार

चितवन / कोरोना भाइरसको कारणले गरिएको लकडाउन अवधिमा शैक्षिक क्षेत्रमा धेरै नै असर पर्दै आइरहेको छ। शैक्षिक गतिविधिमा सहभागी हुन नपाएका विद्यार्थीहरु अहिले ठुलो मर्कामा परेका छ्न। भरतपुर महानगरपालिकामा अवस्थित शैक्षिक संस्थाहरुले लकडाउन अवधीको शुल्क असुल गर्दै आइरहेको पाइएको छ। यसै सन्दर्भमा नेकपा(माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) भरतपुर महानगर कमिटीले एक विज्ञप्ति जारी गर्दै लकडाउन अवधिको शुल्क विद्यार्थीलाई फिर्ता गर्न साथै सो अवधिको शुल्क मिनाह गर्न माग गरेको छ। संयोजक बिकाश कोइराला द्वारा जारी विज्ञप्तिमा सम्बन्धित शैक्षिक निकायहरुलाइ दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ।