अखिल(क्रान्तिकारी) प्राबिधिक समिति चितवनको लकडाउन अवधिको शुल्क मिनाह गर्न माग
शिक्षाखबर डेस्क
४ चैत्र २०७७, बुधबार
no immg

भरतपुर ०४ फाल्गुन /बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलामा गरिएको लकडाउन अवधिमा शैक्षिक क्षेत्रमा धेरै नै असर परेको थियो जसको असर अझै सम्म पनि रहँदै आइरहेको छ । प्रत्यक्ष रुपमा बिध्यालयमा नै उपस्तिथि भएर शैक्षिक गतिविधिमा सहभागी हुन नपाएका विद्यार्थीहरु अहिले निकै नै ठुलो मर्कामा परेका छ्न।
प्राबिधिक विषय अध्यन गराउने कलेजहरुले लकडाउन अवधीको शुल्क तिर्न बिद्यार्थी-अभिभावकलाइ मानसिक रुपमा दवाब दिएको पाइएको छ। यसै सन्दर्भमा नेकपा(माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) प्राबिधिक कमिटीले एक विज्ञप्ति जारी गर्दै लकडाउन अवधिको शुल्क विद्यार्थीलाई फिर्ता गर्न साथै सो अवधिको शुल्क मिनाह गर्न माग गरेको छ। इन्चार्ज सतिश ढकाल संकल्प द्वारा जारी विज्ञप्तिमा सम्बन्धित शैक्षिक निकायहरुलाइ दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ।

प्रतिक्रिया