शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
शिक्षाखबर डेस्क
६ बैशाख २०७८, सोमबार
no immg

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भौतिक रूपमा हुने पढाईलाई अनलाइन मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया