२४ घण्टामा ३३ को मृत्यु, ५७७ जना संक्रमित
शिक्षाखबर डेस्क
१८ बैशाख २०७८, शनिबार
no immg

काठमाडाैं / पछिल्लो २४ घन्टा देशभर कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । बिहीबार मात्रै ३५ संक्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर पाँच हजार सात सय २७ नयाँ संक्रमित देखिएका छन् । १५ हजार तीन सय ९१ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन् ।

संक्रमितको पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार एक सय ८७ पुगेको छ । शुक्रबार नौ सय २८ निको भएसँगै निको हुनेको संख्या दुई लाख ८१ हजार ९५ पुगेको छ । हालसम्म पिसिआर परीक्षण २४ लाख ७३ हजार नौ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार आठ सय १३ र क्वारेन्टिनमा ५५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढिरहेको छ ।

त्यसैबीच खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड– १९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणका क्रममा शुक्रबार बिहान संक्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले बताए । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनको बिहीबार स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोभिड– १९ को संक्रमण भएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया