अखिल क्रान्तिकारीले यसरि सम्झियो सहिद मित्र मणिलाई
शिक्षाखबर डेस्क
१८ बैशाख २०७८, शनिबार
no immg

काठमाडौं / माओबादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफ्ना नेता सहिद मित्रमणि आचार्यको ३६ औ दिवस बिज्ञप्ति मार्फत श्रद्दान्जली ब्यक्त गरि सम्झना गरेको छ ।

कम्युनिस्ट बिद्यार्थी आन्दोलनको धरोहरका रुपमा चिनिने आचार्यलाई २०४२ साल आजैका दिन चितवनको पर्साढापमा तत्कालिन नेविसंघ निकट समुहले सांघातिक आक्रमण गरि मारिएको आरोप लाग्दै आएको छ ।
मित्रमणिको हत्या गरिएको सोहि दिनलाई मित्रमणि दिवसको नाममा सम्झिदै आएको क्रान्तिकारीले कोभिड-१९को माहामारिका बीच बिज्ञप्ति मार्फत यसरि श्रद्दान्जली ब्यक्त गरेको छ ।

व्यहोरा हुबहु

  मित्रमणी आचार्य प्रति हार्दिक श्रध्दा-सुमन !
आज बैशाख १८ गते महान सहीद मित्रमणी आचार्यले शहादत प्राप्त गरेको ऐतिहासिक दिनमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ! बिगतका बर्षहरुमा विद्यार्थी आन्दोलनमा बिशेष अर्थ र महत्व राख्ने यस गौरव र प्रेरणापूर्ण दिनमा अखिल (क्रान्तिकारी) द्वारा देशभरका शैक्षिक संस्थाहरुमा स्मरण तथा श्रद्धाञ्जली सभा र कार्यक्रमहरु गर्ने गरिएकोमा मुलुकमा बढ्दो कोभिड महामारी र उत्त्पन्न जोखीमबाट जनजिवन प्रभावित हुनगई देशमा निशेधाज्ञा समेत जारी भएको सन्दर्भमा अखिल (क्रान्तिकरी) को केन्द्र, प्रदेश, जिल्ला र इकाई सहितका साँगठनिक सँरचनामा कृयाशिल सम्पूर्ण कमरेडहरुमा आजको बिशेष दिनमा अभिवादन ब्यक्त गर्न चाहन्छौं ।
वि.स. २०४२ साल बैशाख १८ गते राती आजकै दिन चितवनको मेघौलीमा आयोजीत किसान सभामा जाँदै गर्दा ने.बि.संघ र मण्डले समर्थीत गुण्डाहरुद्वारा दिउसो २:३० बजे पर्साढापमा लाठी, खुकुरी र रडले आक्रमण गरी गम्भिर घाइते ( घाँटी भाँचिएको अवस्थामा फालेका ) कमरेड मित्रमणी आचार्यको उपचारको क्रममा राती १२ बजे अस्पतालमा निधन भएको थियो । पक्लिहवा क्याम्पस र रामपुर क्याम्पसको स्ववियु सभापति सहित संगठनको केन्द्रिय समिति सदस्य भैसक्नु भएका विद्यार्थी बिच लोकप्रिय नेतृत्व उहाँ प्रतिकृयाबादी कित्तामा त्रास र जनतामा भरोसा स्थापित गर्दै अघि बढ्नुभएको एक कुशल नेतृत्व हुनुहुन्थ्यो । प्रतिक्रियाबादीहरु प्रतिको घृणा र क्रान्ति प्रतिको निष्ठा कमरेड मित्रमणि आचार्यको परिचय थियो । यसकारण पनि कमरेड मित्रमणी आचार्य मण्डले गुण्डाहरु र प्रतिकृयावादीहरुको निशानमा पर्नु स्वभाविक थियो । कमरेड मित्रमणीको जिवन (क्रान्तिकारी) आन्दोलनमा होमिने समाजका हरेक योद्धाका निम्ति उपल्लो आदर्शको प्रतिक र न्याय र परिवर्तनका लागी उठ्ने हरेक यूवा मुठ्ठीका निम्ति प्रेरणाको बिम्ब बनेर चम्कीरहने चम्किलो तराको रुपमा स्मरण गर्न चाहन्छौं।
साथै स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालको शैयामा राखेर उपचार गर्न नसकिने भनि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ बैसाख १७ गते निकालेको अपिल गैरजिम्मेवार छ, त्यसको भत्सना गर्दै जनताको समस्यामा नपन्छिन आग्रह गर्दछौं । बढ्दो महामारी संकटको बिकल्प तयार गर्न सरकारको ध्यानाकर्षढ गराउदछौं । कोभीडको दोस्रो लहरपछि अस्तब्यस्त बनेको बर्तमान नेपाली जिवन प्रणालीभित्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको कडाइपुर्वक पालना गर्न आफ्ना वरपर अफ्ठ्यारोमा परेकाहरुका निम्ती संभव सहयोग गर्न पनि अखिल (क्रान्तिकारी) का प्रत्यक कमरेडहरुलाई अपिल गर्दछौं । साथै महामारीका कारण उत्पन्न असहजता र कठिानाइसँग जुध्न मुलुकका सबै बिध्यार्थी संगठनहरु र नेपाली आम समुदायमा अपिल पनि गर्न चाहन्छौं ।
धन्यवाद !
मिति :- २०७८/०१/१८
रञ्जित तामाङ
अध्यक्ष

प्रतिक्रिया