काठमाडौँ — पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० संक्रमित थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना पुगेको छ ।
संक्रमणले २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाएकाको संख्या ४ हजार ४ सय ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा बिहीबार ८ हजार ८ सय ४२ जनामा र ७ सय ७१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा पोजिटिभ देखिएको हो ।
हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । जसमध्ये १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित हुन् । २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।