तिलोत्तमा — बुटवलमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn-usa.kantipurdaily.com/uploads/source/news/kantipur/2020/third-party/corona-0352020042346.jpg&w=1000&h=0)
जेठ ३ गते अस्पतालमा भर्ना भएकी बुटवल–११ की ७२ वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । उनी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचाररत रहेकी थिइन् ।
त्यस्तै, शुक्रबार अस्पतालको आइसियुमा भर्ना भएकी बुटवल–१२ की २६ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको गौतमले बताए । उनका अनुसार ४ गते भर्ना भएका बुटवल–८ का ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजेर २९ मिनेटमा आइसियुमा मृत्यु भएको थियो ।