कोरोना कहर : नेपालमा थप १०१ संक्रमितको मृत्यु, पाँच हजार ३१६ संक्रमित थपिए
शिक्षाखबर डेस्क
१९ जेष्ठ २०७८, बुधबार
no immg

नेपालमा पछिल्लो २४ घन्टामा थप एक सय एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार पाँच सय ५५ पुगेको बताए ।

उनका अनुसार पछिल्लो २४ घन्टामा पाँच हजार ३१६ जना संक्रमित थपिएका छन् । यो अवधिमा सात हजार दुई सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया