• फिचर

    चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहमा ७९३१ सिट संख्या निर्धारण

    शिक्षाखबर संवाददाता

    १ असार २०७८, मंगलवार

    काठमाडौं / चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/०७८ का लागि स्वास्थ्य स्नातक तहका विभिन्न विधामा शिक्षण संस्थागत रुपमा कुल ७९३१ सिट संख्या निर्धारण गरेको छ |
    चिकित्सा शिक्षा आयोगको कार्य समिति को मिति २०७८/०२/१९ र ३१ गतेको निर्णय आफ्नो आधिकारिक वेबसाइट मार्फत सार्बजनिक गर्दै आयोगले विभिन्न विधामा शैक्षिक संस्था अनुरुप देहाए बमोजिम सिट संख्या निर्धारण गरेको छ |