क्रान्तिकारीद्वारा गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुलामा वृक्ष रोपण
शिक्षाखबर डेस्क
१६ असार २०७८, बुधबार
no immg

दार्चुला / नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दार्चुलाका विद्यार्थी नेता नवीन बिष्ट र नवराज बिष्टको नेतृत्वमा विद्यार्थी र क्याम्पस स्टाफ संग सहकार्य गर्दै आज दार्चुला जिल्लाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा विभिन्न प्रजातीका करिब डेढ सय बोट पुष्प र अन्य वृक्ष रोपण गरिएको छ।

शैक्षिक संस्था सफा, सुन्दर, हरियाली कायम राख्न सके मात्र शिक्षा प्रभावकारी हुन सक्ने, वातावरण हरित राख्नु हरेक मानिसको कर्तव्य बोध गर्दै क्याम्पस परिसर भित्रको बाझो जमिनमा क्याम्पसमा अध्ययनरत १०-१२ जना बिद्यार्थीहरुको सक्रिय सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हो।

जन्मदेखि मृत्युसम्म मानव जीवनलाई वृक्ष चाहिने बताउदै विद्यार्थी नेता नविन बिष्टले ‘सडक नजिक भएका शैक्षिक संस्थामा यस्ता बिरुवा रोपण गरेमा बिध्यालयमा क्वोलाल कम हुने र बालबालिकालाई सितलता पाउन सहयोग मिल्छ।” बिश्वमा जलबायु परिबर्तनको असर देखिरहेका बेला शैक्षिक संस्था जस्तो सार्वजनिक स्थललाई सुन्दर, स्वच्छ र हरियालीको रुपमा विकास गर्ने उद्देश्यले क्याम्पस क्षेत्रमा बृक्षारोपणको गरिएको उहाँको भनाई छ। बिरुवा रोपेर मात्रै सार्थकता नहुँने बताउँदै यसको नियमित रेखदेख, मलजल गरी हुर्काउने व्यवस्था मिलाउन आफुहरु नै सक्रिय रहने र क्याम्पसमा अध्ययन/अध्यापन गर्ने सबैलाई पनि सहयोग गर्न नेता बिस्टले आग्रह समेत गर्नुभयो ।

“मान्छेसंगै जीवजन्तुका निम्ति समेत प्राण-वायु, पानी र जमिन-माटो अस्तित्व, वृद्धि र विकासका प्रमुख आधार हुन्, ती तीन जीवनाधारको धरातललाई सबल, सुदृढ, स्वच्छ एवं सुसंचालित पार्नमा वनस्पतिको अत्यन्त ठूलो योगदान रहन्छ” त्यसैले वृक्षारोपणमात्रै गरेर छाड्ने प्रवृति अन्त्य गर्न समेत आग्रह गर्दै ‘वृक्षारोपण गरिएका विरुवा हुर्काउने जिम्मा पनि लिनुपर्छ, तर आज रोपेको विरुवाको जिम्मा आफ्नो सन्तान जस्तै हेरचाह गर्ने, वृक्षारोपणमा मात्र होइन अब त्यसको सुरक्षामा प्रतिष्पर्धा गर्नुपर्छ ।’ भन्दै अर्का विद्यार्थी नेता नवराज बिष्टले बिरुवाबाट आम्दानी पनि लिन सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया