बिध्या भण्डारीको माइ डीअर के.पी ओली – नेतृ पन्चा सिंह (भिडीयो सहित )
शिक्षाखबर डेस्क
१६ असार २०७८, बुधबार
no immg

काठमाडौं / विपक्षी गठबन्धनका संयुक्त बिद्यार्थी संगठन विश्वबिद्यालय कमाण्डले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सोहि कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले – “हिजो राजतन्त्रमा राजाको छोरा राजा हुनैपर्ने व्यवस्था जस्तो आज गणतन्त्रमा संविधानको धारा ७६ को १,२,३,४ देखि ५ सम्म बिध्या भण्डारीको माइ डीअर के.पी ओलीनै प्रधानमन्त्री हुनपर्ने ?” भन्दै प्रस्न गर्नु भएको छ साथै प्रधानमन्त्री के.पी. ओलीले माननीयहरुको हस्ताक्षरको दुरुपयोग गरेको र ओलीलाई नै प्रधानमन्त्री बनाउनका लागि त्यसलाई रास्ट्रपतिले भण्डारीले सदर गरेको आरोप पनि लगाउनु भएको छ |

विपक्षी गठबन्धनका संयुक्त बिद्यार्थी संगठनको देश ब्यापी संघर्ष गर्ने केन्द्रीय कार्यक्रम अनुसार बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेको क्रान्तिकारीका प्रवक्ता जी.पी मैनालीले जानकारी गराउनु भयो |

प्रतिक्रिया