शिक्षाशास्त्रको डिन कार्यालयले लियो अनलाइन परीक्षा
शिक्षाखबर डेस्क
२५ श्रावण २०७८, सोमबार
no immg

काठमाडौं / त्रिविको शिक्षाशास्त्र संकायको डिन कार्यालयले स्नातक तहमा सूचना तथा प्रविधि विषयमा अनलाइन परीक्षा सम्पन्न गरेको छ ।
शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीका अनुसार स्नातक तहको सूचना तथा सञ्चार प्रविधि र विशेष आवश्यकता शिक्षाको दोस्रो र सातौँ सेमेस्टरको परीक्षा अनलाइनबाटै लिएको हो । १४ क्याम्पसबाट ६ सय ८२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया