चितवन / भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । महानगर भित्रका सामुदायिक बिद्यालयलाइ सुविधा सम्पन्न बनाइ शैक्षिक गुणस्तर सुधार गर्न र बिद्यार्थीहरुको बिद्यालयसम्म सहज पहुचका लागि महत्त्वपूर्ण भूमिका प्रदान हुने उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर ,भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर, लक्ष्मि मावि जगतपुर र कविलास मावि लाई स्कुल बस हस्तान्तरण गरेको हो ।
महानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प्रदान गरेकी हुन् । रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।