सिटिइभिटि ले खुलायो डिप्लोमा तथा प्रमाणपत्र तहमा आबेदन
शिक्षाखबर डेस्क
३० श्रावण २०७८, शनिबार
no immg

काठमाण्डौं / प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(CTEVT)ले नयां शैक्षिकसत्र २०७८ – ०७९ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका
कार्यक्रमहरुमा आबेदन खुलाएको हो |
डिप्लोमा तथा प्रमाणपत्र तह अध्ययन गर्न चाहने बिद्यार्थीहरुका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आज श्रावण ३० गते आफ्नो आधिकारिक वेबसाइटमा सुचना प्रकासित गर्दै पूर्ण शुल्किय र वर्गीकृत (नि-शुल्क) छात्रवृत्तिको आबेदन खुल्ला गरेको छ |

एस.ई.ई. , प्रवेशिका , प्राविधिक एस.एल.सी., प्रि–डिप्लोमा तह उत्तीर्ण भई CTEVT अन्तर्गतका शिक्षण संस्थाहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरु अध्ययन गर्न तोकिएको योग्यता पुगेका प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको कार्यक्रम र
शिक्षण संस्थाहरुमा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड समेतलाई पालना गर्दै सम्बन्धीत शिक्षण संस्थाले उपलब्ध गराएको विधुतीय माध्यमबाट पूर्ण शुल्किय तर्फ मिति २०७८ भाद्र १८ र वर्गीकृत (नि-शुल्क) छात्रवृत्ति तर्फ भाद्र २३ गते कार्यालय समय भित्र आवेदन दिन सूचित गरेको छ ।

प्रतिक्रिया