कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप, १५ जनाभन्दा बढी घाइते
शिक्षाखबर डेस्क
४ भाद्र २०७८, शुक्रबार
no immg

४ भदाै, कञ्चनपुर । कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप भएको छ । सत्तारूढ दल  नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच शुक्रबार झडप भएको हो ।

सो झडपमा दुबै तर्फ १५ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

दरबन्दी मिलानको विषयमा शिक्षक संघले भीमदत्त नगरपालिकामा गरेको तालाबन्दी खोल्ने क्रममा शिक्षक र प्रहरीबीच झडप भएको हो ।

उक्त झडपपछि स्थिति नियन्त्रणमा लिन ५ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महेन्द्रनगर बजार क्षेत्र अहिले तनावग्रस्त स्थितिमा छ ।

प्रतिक्रिया