४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले इन्जिनियरिङ अन्तर्गतको वैकल्पिक परीक्षा २०७८ : परीक्षार्थीहरूका लागि निर्देशका प्रकाशन गरेको छ ।
नेपाल सरकारले भाैतिक उपस्थितिमा परीक्षा गर्न रोक लगाएको अवस्थामा वैकल्पिक विधिबाट परीक्षा सञ्चालन हुँदा विद्यार्थीहरूले पालना गर्नुपर्ने नियम समेटेर निर्देशिका प्रकाशन गरिएको छ ।
उक्त निर्देशिकामा परीक्षा माइक्रोसफ्ट टिममा हुने र परीक्षार्थीहरू परीक्षा सुरू हुनुभन्दा ३० मिनेट अगाडी लग इन हुनुपर्ने जानकारी दिइएको छ । त्यसैगरी, परीक्षाको अवधिमा कुनै विद्यार्थी लगअाउट भएको अवस्थामा ५ मिनेटभित्र लग इन भइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।
यस्तो छ परीक्षाको पूरा निर्देशिका…