गुगलले निःशुल्क पढाउँछ डिजिटल मार्केटिङ कोर्ष, साथमा सर्टिफिकेट पनि (सिक्ने तरिकासहित)
शिक्षाखबर डेस्क
७ भाद्र २०७८, सोमबार
no immg

७ भदाै, एजेन्सी । प्रविधिको क्षेत्रमा सबैभन्दा लोकप्रिय कम्पनी गुगलले निःशुल्क अनलाइन मार्केटिङको कोर्ष दिइरहेको छ । कोरोना महामारीका बेला लोकप्रीय बनेको यो कोर्ष अहिले पनि उत्तिकै चर्चित छ ।

घरमा नै बसेर सिक्न सकिने भएका कारण यसले युवा पुस्ताको ध्यान तानिरहेको छ । अझ त्यसमा पनि निः शुल्क सर्टिफिकेट पाइने भएपछि यसप्रति थप आकर्षण बढिरहेको छ ।

यसरी लिनुहोस् गुगलको निः शुल्क अनलाइन मार्केटिङ कोर्ष !

यो कोर्ष लिनका लागि https://learndigital.withgoogle.com/ यस वेभसाइटमा गएर लग इन गर्नु पर्नेहुन्छ । आफुले चलाउने गुगल अकान्टबाट नै सामान्य रूपमा रजिष्टर गरेपछि यसमा अकान्ट बन्छ ।

एक पटक रजिष्टर गरेपछि त्यहाँ निः शुल्क पढ्न पाइने विभिन्न कोर्षहरू लिस्टिङ गरिएको छ । त्यहाँ भएकामध्ये  आफुलाई मन परेको कोर्ष सजिलै पढन् पाइनेछ ।

निश्चित समयावधिको कोर्ष पूरा गरिसकेपछि तपाइंलाई गुगलले कोर्ष पूरा गरेको सर्टिफिकेट दिनेछ ।

यी हुन् कोर्ष लिने तहहरू 

१. पहिले https://learndigital.withgoogle.com यो वेभसाइटमा जाने

२. वेभसाइट खुलेपछि रजिष्टर विथ गुगल गर्ने र त्यहाँबाट आइडी र पासवर्ड क्रिएट गर्ने,

३. रजिष्टर भइसकेपछि त्यहाँ तपाईंले डिजिटल मार्केटिङसँगै क्यारियर डेभलपमेन्ट र डेटा एन्ड टेक सम्बन्धी थुप्रै कोर्षहरू देख्न  सक्नु हुनेछ ।

४. तपाईं भर्खरै डिजिटल मार्केटिङको विषयमा प्रवेश गर्दै हुनुहुन्छ भने यसको आधारभूत कोर्षबाट सुरु गर्ने अवसर पनि पाउनु  हुनेछ । त्यसका लागि ‘फन्डामेन्टल्स अफ डिजिटल मार्केटिङ’ रोज्नु पर्नेछ ।

५. ४० घण्टाको कोर्ष भएको यो विषयमा २६ वटा मोड्युहरू छन् । यो अवधिको कोर्ष पुरा गरेपछि तपाईंले निः शुल्क प्रमाणपत्र पाउनु हुनेछ ।

प्रतिक्रिया