८ भदाै, काठमाडाैँ । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठाैँ)ले मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएका आन्दोलनमा उत्रिने चेतावनी दिन चाहान्छाैँ ।’
संयुक्त विद्यार्थी संगठनले गरिब जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी पनि गरेको छ ।