काठमाडाैँ । शनिबार मुलुकभर थप १८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ जनाको पीसीआर र ३७६७ जनाको एन्टिजेन परीक्षण गर्दा १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार देशभर २२२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २६ जनाको मृत्यु समेत भएको छ ।