१६ भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६१२ पीसीआर परीक्षणमा १६४८ र ४३२३ एन्टीजेन परीक्षणमा ४०४ जना गरी कुल २०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घणमा ३०३० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हुनेभन्दा कोरोना मुक्त हुनेहरू करीब १ हजारले बढी छन् ।