बिहीबार थपिए २००४ जना कोरोना संक्रमित, थप १६ जनाले गुमाए ज्यान
शिक्षाखबर डेस्क
१७ भाद्र २०७८, बिहीबार
no immg

१७ भदाै, काठमाडाैँ । बिहीबार मुलुकभर थप २००४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६५८ जनाको पीसीआर र ३९९२ जनाको एन्टिजेन परीक्षण गर्दा २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर १८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १६ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया