१८ भदाै, काठमाडाैँ । स्वास्थ्य विज्ञान विद्यार्थी संगठन, नेपाल (सास)को अध्यक्षमा दुर्भल शाही नियुक्त भएका छन् । गत १४ गते भर्चुअल माध्यमबाट बसेको अनेरास्ववियु (क्रान्तिकारी) स्वास्थ्य विभागको पहिलो बैठकबाट शाही अध्यक्षमा नियुक्त भएका हुन् ।
स्वास्थ विज्ञान विद्यार्थी संगठन सासले स्वास्थ्य प्राविधिक नेतृत्वहरू उत्पादनसँगै विभिन्न सामाजिक एवं पेशागत संगठनहरू र माउ संगठनमा क्षमता योगदान र हैसियत अनुरूप विद्यार्थी जीवन र व्यवहारिक जीवनबिचमा पुलको भूमिका निर्वाह गर्नसक्ने गरी केन्द्रीय समितिको जिम्मेवारी दिइएको जनाएको छ ।
सासको अध्यक्षको जिम्मेवारी दुर्लभ शाहीले पाउँदा डा. देवेन्द्र आचार्य, डा. अच्युतशाली घिमिरे र कविता न्याैपानेले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसैगरी, सतिश ढकालले सचिव, डा. सुनिल मोक्तान, सपना पन्त र तारा थापालेले सह-सचिवको जिम्मेवारी पाउँदा अंकित बराइलीलार्इ कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
जम्मा ५१ सदस्यीय संगठनमा ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सह-सचिव, १ जना कोषाध्यक्ष, ६ जना केन्द्रीय कार्यालय सदस्य र ३६ जना केन्द्रीय सदस्य रहेका छन् ।
विभाग संयोजकको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटि गठन गरि स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने विश्वविद्यालयहरु, प्रतिष्ठानहरु , CTEVT र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय, सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र सासले जारी गरेको छ ।