१८ भदाै, काठमाडाैँ । नेपाल शिक्षक महासङ्घले निर्णायक आन्दोलन भन्दै पाँचौ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले सार्वजनिक गरेको कार्यक्रमहरूमा यहि भदाै २८ गते शिक्षा सरोकार पक्ष, राजनैतिक दलको नेतृत्व लगायतसँग केन्द्रीय स्तरमा भाैतिक उपस्थिति सहितको बृहत् अन्तरक्रिया, असोज १ गतेदेखि ७ गतेसम्म काठमाडाैँमा रिले अनशन, असोज १४ गतेदेखि २० गतेसम्म काठमाडाैँमा जुलुश तथा विरोध र कार्तिक २८ गतेबाट नियमित जुलुशहरू रहेका छन् ।
त्यसैगरी, महासंघले अधिवेशनको सम्बन्धमा पनि सुचना जारी गरेको छ । महासंघले भदाै २९ गतेदेखि नै सुरू हुनेगरी अधिवेशनको तालिका सार्वजनिक गरेको छ । पहिले स्थानीय हुँदै प्रादेशिक अधिवेशन जारी गर्ने सुचनामा उल्लेख गरिएको छ ।