देशभर १०८९ जनामा कोरोना संक्रमण, थप २० जनाको मृत्यु
शिक्षाखबर डेस्क
२० भाद्र २०७८, आईतवार
no immg

२० भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ९७६ र एन्टीजेन परीक्षणमा ११३ जना गरी कुल १०८९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घणमा १५३४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया