असोज १ गतेदेखि काठमाडाैँमा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
शिक्षाखबर डेस्क
२१ भाद्र २०७८, सोमबार
no immg

२१ भदाै, काठमाडाैँ । काठमाडाैँमा असोज १ गतेदेखि विद्यालय भाैतिक सञ्चालन गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

काठमाडाैँमा असोज १ गतेदेखि विद्यालय सञ्चालन गरिने औपचारिक निर्णय सोमबार भएता पनि केही स्थानीय तहले भने केही हप्ता अघिबाट नै विद्यालय सञ्चालन भइसकेका छन् ।

केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।

प्रतिक्रिया