MCC पास गरिए सडकमा आगो बाल्छौं -तिलकराज भण्डारी
शिक्षाखबर डेस्क
२१ भाद्र २०७८, सोमबार
no immg

फिदिम / अखिल(क्रान्तिकारी) उपाध्यक्ष तिलकराज भण्डारीले mcc पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन ।

पाँचथरको फिदिममा अखिल(क्रान्तिकारी)को जिल्ला भेलालाई प्रमुख बक्ताका रुपमा सम्बोधन गर्दै नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन। मुलुकलाई बिदेशीको खेल मैदान बन्न कदापी नदिइने भन्दै नेता भण्डारीले सरकार गठन भएको लामो समय सम्म पनि मन्त्रिमण्डल पुरा नगरेर सरकारले पुन: जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोप समेत लगाए । ” MCC पास गरिए घरघरमा ढोका लगाएर सडकमा आउँछौं । आगो बाल्छौं ।” उनले भने “लामो समय पुर्ण मन्त्रिमण्डल गठन नगरेर सरकारले जनताको आकाँक्षाामथी चिसो पानी खन्याउने प्रयास गरिरहेको छ ।यो स्विकार्य छैन । ”

माओवादी केन्द्रका नेताहरु होम जवेगु, बिशाल रसाइली , दिनेश लावति, सहित प्रदेश एक सँसद सिता थेवे र अखिल (क्रान्तिकारी) प्रवक्ता एबं उपमहासचिव जीपी मैनाली सहित बिध्यार्थी नेताहरु मनिषा आचार्य खगेन्द्र सुबेदी ,रबी बस्नेत र प्रजिन हाँगमागले प्रशिक्षण मन्तब्य राखनुभएको बिध्यार्थी नेता बिकाश केरुङले जानकारी दिनभयो ।
असोज ८,९ र १० गते रासट्रिय सम्मेलन तोकेको अखिल(क्रान्तिकारी)ले मुलुकभर भला सम्मेलहरु मार्फत नेता छान्ने प्रकृयालाई तिब्र बनाएको छ ।

प्रतिक्रिया