२२ भदाै, काठमाडाैँ । सरकारले एमसिसी पास गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले प्रतिकार गर्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै एमसिसीलाई अगाडी बढाइए कडा प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल(छैठाैँ)द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ । एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ । नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ ।’
उक्त विज्ञप्तिमा एमसिसि पास गराउनका लागि दबाब दिन एमसिसीका उच्चपदस्थ २ व्यक्ति नेपाल आउन लागेको विषयलाई पनि उठाइएको छ ।
राष्ट्रहीत विपरित रहेको एमसिसी पास भएको खण्डमा देशको सार्वभौमसत्तामाथि आँच पुग्ने र असंलग्न परराष्ट्रनीतिलाई खण्डित हुने विद्यार्थी संगठनको धारणा रहेको छ ।