२२ भदाै, काठमाडाैँ । काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको हो ।
काठमाडाैँका प्रहरी अस्पताल, नेपाली सेनाको अस्पताल, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालबाट खोप अस्ट्राजेनेका खोप दिइनेछ ।