त्रिविले भन्यो, ‘एलएल.बि. दोश्रो वर्षको आंशिक परीक्षाको तालिका प्रकाशित भएको छैन’
शिक्षाखबर डेस्क
२४ भाद्र २०७८, बिहीबार
no immg

२४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले एल.एल. बि. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशन नभएको प्रस्ट पारेको छ । बिहीबार एक सुचना जारी गर्दै केही संचार माध्यमबाट उक्त तहको आंशिक परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको भनी झुट्टो प्रचार गरेको जानकारी दिएको हो ।

त्रिविद्वारा जारी सुचनामा भनिएको छ, ‘यस त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट एलएल.बि. दोश्रो वर्षको आंशिक परीक्षाको सुचना प्रकाशित नभएता पनि केही संचारमाध्यमबाट उक्त तहको आंशिक परीक्षा सम्बन्धी सुचना प्रकाशित भएको  भनी  जानकारी प्राप्त भएको हुँदा उक्त आंशिक परीक्षाको तालिका प्रकाशित नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै उक्त तहको परीक्षाको तालिका प्रकाशित भएपछि यस कार्यालयको वेबसाईटमा राखिने र अवगत हुने व्यहोरा सूचित गरिन्छ ।’

एल.एल. बि. प्रथम बर्षको आंशिक परीक्षा भने सञ्चालन भइरहेको छ । उक्त परीक्षा भोलि २५ गते सकिँदैछ ।

प्रतिक्रिया