बीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको स्वास्थ्य मन्त्रालयको ठहर
शिक्षाखबर डेस्क
२७ भाद्र २०७८, आईतवार
no immg

२७ भदाै, धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको बताएको छ । आइतबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएको र कानुनी प्रक्रिया अगाडी बढाएको बताएको छ ।

लामो समयदेखि बीपी प्रतिष्ठानमा शुद्धिकरणको माग राख्दै आन्दोलन भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै, ‘हाललाई आन्दोलन पक्षले उठान गर्नुभएका मागहरू धेरैहदसम्म सम्बोधन भइसकेको र कति सम्बोधन के क्रममा रहेकाले हाल कोभिड महामारीलगायत सबै कुरालाइ मध्यनजर गर्दै बिरामीहरू र विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने एवम् स्वास्थ्य सेवा अवरुद्ध हुने किसिमका कुनैपनि अन्दोलनका कार्यक्रम फिर्ता लिँदै काममा फर्किन हार्दिक अपिल गर्दछौं ।’ भनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानबिन गर्न सबै कागजात लिइसकेको र छानविन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया