मुख्यखबर

देशभर १४८६ जनामा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

शिक्षाखबर संवाददाता

२८ भाद्र २०७८, सोमबार

२८ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११४९ जना र एन्टिजेन विधिबाट ३३७ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १२६० जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।