मंगलबार १५६२ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु
शिक्षाखबर डेस्क
२९ भाद्र २०७८, मंगलवार
no immg

२९ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११८० जना र एन्टिजेन विधिबाट ३८२ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १५८९ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया