आजबाट कक्षा १२ को परीक्षा सुरू
शिक्षाखबर डेस्क
३० भाद्र २०७८, बुधबार
no immg

३० भदाै, काठमाडाैँ । कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सुरू भएको छ । आजबाट शुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो पटक साउन ३२ गतेबाट सुरू हुने भनिएको परीक्षा करीब एक साताअघि स्थगित भएको थियो । अहिले परीक्षामा सहभागी विद्यार्थीहरूले कोरोना भाइरस विरूद्धको खोप लगाएपछि परीक्षा सुरू भएको हो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ ।

यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ । आगामी पुसको पहिलो सातासम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी रहेको छ । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ ।

प्रतिक्रिया