भदाै १३ गतेदेखि नै भाैतिक रूपमा सञ्चालन भइरहेको छ तेह्रथुम बहुप्राविधिक शिक्षालय
शिक्षाखबर डेस्क
३ आश्विन २०७८, आईतवार
no immg

३ असोज, तेह्रथुम । कोरोना भाइरसको दोश्रो लहरका कारण बन्द भएका विद्यालयहरू भाैतिक रूपमा सञ्चालन गर्ने निर्णय केही दिन पहिले भएको छ ।

तर, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् अन्तर्गको तेह्रथुम बहुप्राविधिक शिक्षालयमा भने स्वास्थ्य मापदण्ड पालना गर्दै भदाै १३ गतेदेखि नै कक्षाहरू सञ्चालन भइरहेका छन् ।

शिक्षालयका प्रमुख शिव पाण्डेले स्वास्थ्य मापदण्डको पालना गर्दै सबै विद्यार्थी र प्रशिक्षक लाई खोपको व्यवस्था गरेर भाैतिक रूपमा सञ्चालन गरेको बताएका छन् । उनले निर्धारित कोर्ष सकिएकाले आन्तरिक मुल्यांकनको परिक्षा तालिका समेत प्रकाशित गरेको पनि बताएका छन् ।

यही वर्षको वैशाखदेखि कोरोना भाइरसको दोश्रो लहर सुरू भएपछि देशभरका अधिकांश स्थानका विद्यालयहरू अनलाइन मार्फत सञ्चालन भएका थिए । अब भने कोरोनाको प्रभाव कम हुँदै गएपछि क्रमशः विद्यालयहरू भाैतिक रूपमै सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया