३ असोज, काठमाडाैँ । सरकारले आज संविधान दिवसको अवसरका ९०३ जनालाई विभिन्न पदक तथा मानपदवीद्वारा विभूषित गर्दैछ ।
हरेक वर्ष संविधान दिवसको अवसरमा सरकारले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरू यस अवसरमा विभूषित हुन्छन् ।
यस वर्षको विभूषित हुनेहरूमा सामुदियक विद्यालयका ५ जना प्रधानाध्यापकहरूको नाम समेटिएको छ ।
शान्ति नमुना मावि(भैरहवा)का प्रधानाध्यापक कुल प्रसाद लामिछाने, पद्म विद्या आश्रम(काठमाडाैँ)की प्रधानाध्यापक रिता तिवारी, नारायणी मावि(चितवन) का प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी, नरग्राम मावि(मोरङ)का प्रधानाध्यापक भिम बहादुर बस्नेत र दुर्गा मावि(मोरङ)का प्रधानाध्यापक कुमोद कुमार सिंहलाई सरकारले प्रबल जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको हो ।